दफा ५०क
योगदानमूलक निवृत्तभरण कोष सम्बन्धी विशेष व्यवस्था
(१) यो ऐन प्रारम्भ भएपछि स्वास्थ्य सेवामा नियुक्त हुने कर्मचारीको हकमा योगदानमूलक निवृत्तभरण प्रणाली सम्बन्धी प्रचलित कानून बमोजिमको व्यवस्था लागू हुनेछ।
(२) उपदफा (१) बमोजिम योगदानमूलक निवृत्तभरण प्रणाली लागू हुने कर्मचारीको हकमा दफा ४६, ४७, ४८, ४९ र ५० को व्यवस्था लागू हुने छैन।”
(३) व्यवस्थापिका-संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ५२ को सट्टा देहायको दफा ५२ राखिएको छः–